विराटनगर : नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार बन्दा भएको सहमतिअनुसार एमालेको उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् । उनले पुस १० गते सरकारमा सहभागी दलहरुबीच भएको सहमति कार्यान्वयन हुने बताए ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री पौडेलले एमालेले अघि सारेको उम्मेदवारले राष्ट्रपतिमा जीत हासिल गर्ने बताए । उनले भने, ‘यो सरकार बन्दा सरकारमा सहभागी दलहरुबीचमा भएको सहमति नै एमालेले अघि सारेको उम्मेदवारको जीतको आधार हो ।’
पुस १० गते भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको पौडेलको भनाई छ । उनले एमालेको तर्फबाट अघि सारिएको राष्ट्रपतिको उम्मेदवारले सानदार ढंगले जीत हासिल गर्ने दाबीसमेत गरेका छन् ।