Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पुस १० को सहमति कार्यान्वयन नभए राजनीतिले नयाँ मोड लिन्छ : एमाले नेता गौतम



विराटनगर : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज राजेन्द्र गौतमले पुस १० गते नेकपा एमाले र माओवादीबीच भएको सहमति अक्षराँश कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

शनिबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० मा भएको सहमति पालना नगरे राजनीतिले नयाँ मोड लिने बताए । त्यसबेला राष्ट्रपति निर्वाचनका सन्दर्भमा राष्ट्रिय सहमतिको कुरा नउठेको बताउँदै उनले भने, ‘त्यसबेला राष्ट्रिय सहमति भन्ने कुनै कुरा भएको छैन् । प्रचण्डले यो गठबन्धन तोडेर फेरि अर्को बनाउन लाग्नुभयो भने त्यो नेपाली राजनीतिमा अवसरवादको नमुना सावित हुनेछ ।’

उनले एमाले गठबन्धन बिगार्ने र यसलाई अप्ठ्यारो पार्ने स्थितिमा नभएको बताए । हिजो प्रचण्डलाई प्रधानमन्त्री बनाउने समयमा गरिएको सहमतिमा एमाले अडिग रहेको गौतमको भनाई छ ।

‘तत्काल प्रचण्डलाई पनि एमालेसँगको गठबन्धन तोडेर नयाँ गठबन्धन निर्माण गर्न त्यति सजिलो छैन्,’ उनले भने, ‘ प्रधानमन्त्री प्रचण्ड मात्र नभई सिंगो माओवादी पार्टी नै पुष १० को सहमतिमा नअडिए राष्ट्रिय राजनीतिको नयाँ कोर्ष बदलिन्छ ।’ एमालेको उम्मेदवार राष्ट्रपति नभए देशको राजनीतिले नयाँ मोड लिने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार