Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पराजित भएपछि भाष्करको आक्रोश : ‘चिथोर्ने, घोच्ने र चिमोट्ने भनेकै नजिकै हुनेहरुले हो’



विराटनगर : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)को महाधिवेशनमा महासचिवमा पराजित भएका भाष्कर खनालले आक्रोश पोखेका छन् ।

गत बिहीवार भएको निर्वाचनमा उनी नरेश रोकायासँग महासचिवमा पराजित भएका हुन् । रोकायाले ७३३ मत पाएर विजयी हुँदा खनाल ३२२ मतमा सिमित भए ।

पराजित भएपछि सामाजिक सञ्जाल मार्फत उनले आक्रोश पोखेका छन् । उनले लेखेका छन्, ‘प्रिय मित्रहरू बुझिएकै छ त ! चिथोर्ने, घोच्ने र चिमोट्ने भनेकै नजिकै हुनेहरुले हो टाढाकाहरुको आणविक प्रयोगको प्रतिउत्तर दिन म सङ मैदान र समय दुबै प्रयाप्त छ है…’

प्रतिक्रिया
सम्बन्धित समाचार