उदयपुर : नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सरकार अस्थिर भएको बताएका छन् । शुक्रबार उदयपुरको गाईघाटमा कार्यकर्ता भेटघाटका क्रममा उनले अहिलेको गठबन्धन धेरै दिन टिक्न नसक्ने दाबी गरे ।
अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय राजनीति तरल अवस्थामा बगिरहेकोले यो कुनैपनि वेला जतापनि मोडिन सक्ने स्थितिमा रहेको बताए ।
संघीयता र संविधान माथिनै खतरा बढ्दै गएको बताउँदै उनले भने, ‘देशको राजनीतिक अवस्था नै अस्थिर बनेको छ । संघीयता र गणतन्त्र समेत धरापमा पर्नसक्ने खतरा उत्पन्न हुँदै गएको छ ।’
निर्वाचनका बेला एउटा गठबन्धन बनेको र सरकार निर्माणको समयमा नयाँ समिकरण बन्दा यो सरकार दीर्घकालिनरुपमा टिक्न सक्ने सम्भावना नरहेको उनको भनाई छ ।