Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनेरास्ववियुका नवनिर्वाचित पदाधिरकारीले शपथ लिए



काठमाडौं : नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गाेपनियताकाे शपथ लिएका छन्।

उनीहरुलाई शुक्रबार दिउँसाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहरण गराएकाे हुन्।

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा जारी २३ औँ महाधिवेशनले बडाललाई अनेरास्ववियुको नेतृत्व सुम्पिएको हाे।

उनी निवर्तमान कार्यसमितिमा महासचिव थिए । उनले खसेको १५१७  मतमध्ये ९६२ मत पाए । उनका निकटतम प्रतिस्पर्धी आरसी लामिछानेले ३५६ मत पाए भने अर्का उम्मेदवार मोती विकले ७८ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट विजयी भएका छन्। महासचिवमा नरेश रोकाया र कोषाध्यक्षमा संगम अर्याल विजयी भए ।

सचिवमा प्रकाश पौडेल, दीपेश प्रसाईं, सन्जीव धिताल, सुजन कडरिया, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले विजयी भए ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि चुनाव भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार