Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माधव नेपाल भन्छन् : राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको उम्मेदवारलाई सहयोग गर्छौ



विराटनगर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा बनेको उम्मेदवारलाई आप्नो पार्टीले सहयोग गर्ने बताएका छन् ।

बुधबार समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवार नदिने उनले बताए ।

राष्ट्रिय सहमतिमा बनेको उम्मेदवारीलाई एकीकृत समाजवादीले सहयोग गर्ने बताउँदै उनले भने, ‘राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुन्छ । हाम्रो पार्टीले उम्मेदवारी दिनेछैन ।’

यस्तै उनले एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने बताएका छन् । राष्ट्रपति एमालेबाट नभई अन्य दलबाट हुनुपर्ने उनले बताए ।

सभामुख र राष्ट्रिय सभाको अध्यक्ष एमालेकै व्यक्ति रहेकाले अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने उनको दाबी छ । राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्ति हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार