Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रपतिमा सहमतिको बाटोबाट अघि बढ्छौ : मन्त्री किराती



विराटनगर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हाल कायम रहेको गठबन्धन दलहरुको सहमतिमा राष्ट्रपति निर्वाचन हुने बताएका छन् । राष्ट्रपतिका सन्दर्भमा अहिले बाहिर आएजस्तो विवाद नभएको भन्दै उनले सहमतिका आधारमा दलहरु अघि बढ्ने बताए ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वर्तमान सरकारले पूर्णरुपमा काम गर्ने बताए । किरातीले भने, ‘हाल कायम रहेको दलीय समीकरणको सरकार नै अघि बढ्छ, सरकारले पूर्णरुपमा काम गर्छ ।’

आफू ज्योतिषशास्त्रमा विश्वास नगर्ने बताउँदै उनले अहिलेको सरकार फुल फ्लेजमा चल्ने बताए ।

यस्तै मन्त्री किरातीले देशका सबै विमानस्थल पूर्णरुपमा सञ्चालन हुनुपर्ने जनाउदै कार्य योजना मागेको बताए । नयाँ निर्माण भएका अन्तर्राष्ट्रय विमानस्थल प्रयोगमा आउन नसकेको गुनासोमा मन्त्री किरातीले नितिगत रुपमा देखिएका अफ्टयारोबारे पहल गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार