Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रेस चौतारी नेपालको आयोजनामा संगठन सुदृढीकरण कार्यशाला सुरु



विराटनगर : प्रेस चौतारी नेपालले आयोजना गरेको संगठन सुदृढीकरण कार्यशाला सुरु भएको छ । आइतबार वीगञ्जमा नेकपा एमालेका उपमहासचिव एवम् प्रेस चौतारीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले कार्यशालाको उद्धाटन गरेका हुन् ।

उद्धाटन समारोहलाई सम्बोधन गर्दै गुरुङले पार्टी भित्र देखिएको व्यक्तिवादी अवसरवादको समूल अन्त्यगर्नुपर्ने बताएका छन् । पार्टीभित्र देखिएको व्यक्तिवादी अवसरवादकै कारण गएको निर्वाचनमा एमालेले धेरै ठाउँमा पराजय भोग्नु परेको उनको भनाई छ ।

उनले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर अहिलेको गठबन्धनलाई कुनै प्रभाव नपर्ने बताए । अहिले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो गठबन्धन तोडेर अर्को गठबन्धन बनाउने चुनौती नमोल्ने प्रष्ट पार्दै उनले अहिलेको गठबन्धनलाई जोगाएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि पुनः सरकारमा ल्याइने बताए ।

No description available.

यस्तै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टी र जनवर्गीयसंगठनका कमिटीहरू ठुला भन्दा पनि गुणस्तरीय हुनुपर्ने बताए ।

राजनीतिक दल र तिनका जनवर्गीय संगठनले आफ्ना काम गर्ने शैली परिवर्तन गर्न आवश्यक रहेको उनको भनाई छ । पार्टी संस्थागत रिपोर्टका आधारमा अघि बढ्नु पर्नेमा बताउँदै ढकालले पार्टी र संगठनमा व्यक्ति नभई संगठन प्रधान हुनु पर्नेमा बताए ।

नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सञ्चार क्षेत्रको विस्तारसँगै चुनौती पनि बढ्दै गएको बताएका छन् । सञ्चार क्षेत्रलाई पार्टीसँग जोड्न नसके पार्टी संगठन अघि बढ्न नसक्ने उनले बताए ।

लाखौँ मानिसलाई पार्टी संगठनसँग जोड्ने र पार्टीका सूचना पुर्‍याउने माध्यम सञ्चारमाध्यम बनेका रिजालले बताए । पत्रकारहरूआफ्नो लेखाइबाट खारिएर पेसागत सिप र क्षमतालाई स्थापित गर्न सक्नुपर्ने उनको भनाई छ ।

अहिले सञ्चारमाध्यम खोलेर तिनै सञ्चारमाध्यम मार्फत आक्रमण गर्ने काम भइरहेको भन्दै उनले एमाले अध्यक्षा केपी शर्माओली प्रधानमन्त्री हुँदा त्यस्ता सञ्चारमाध्यमले सबैभन्दा बढी आक्रमण गरेका उनले आरोप लगाए ।

मिडिया सञ्चालकहरूले गरेको प्रहारको प्रतिवाद गर्दा श्रमजीवी पत्रकार माथिको प्रहार नहुने उनको भनाई छ ।

No description available.

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रचना खड्काले पार्टीका सबै जनसंगठन स्पष्ट नीति र दृष्टिकोणका साथ अघि बढ्न आवश्यक रहेको बताइन् ।

नेकपा एमालेलाई कमजोर बनाउन गरिएका सबै प्रयासलाई जनसंगठन बलिया भए मात्रै असफल गराउन सकिने उनको भनाई छ ।

No description available.

कार्यशालामा संगठनका विविध विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार