Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सीएनआई कोसी एक्स्पो : चार लाख दर्शकद्वारा अवलोकन



विराटनगर : विराटनगरमा आयोजित सीएनआई कोसी एक्स्पो चार लाख दर्शकले अवलोकन गरेका छन् ।

एक्स्पो यहि माघ १९ गतेदेखि विराटनगरस्थित शंकरपुर मैदानमा आयोजना गरिएको थियो ।

आयोजकका अनुसार एक्स्पोको चार लाख दर्शकले अवलोकन गरेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश–१ ले आयोजना गरेको एक्स्पोमा स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोग पुगेको अध्यक्ष भीम घिमिरेले बताए ।

एक्स्पोमा ४०० वटा स्टल राखिएका थिए । अध्यक्ष भीम घिमिरेले महिला उद्यमी, साना तथा लघु, घरेलु उद्यमीहरुको उत्साहपूर्ण सहभागिता भएको बताए । साना उद्यमीहरुलाई निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराइएको थियो ।

एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले स्थानीय र औद्योगिक उत्पादनको प्रचार तथा प्रवद्र्धनमा बल पुगेको बताइन् । एक्स्पोमा ३० करोड बराबरको कारोबार भएको आयोजकको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार