विर्तामोड । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको मुख्य प्राथमिकतामा प्रदेशको नामाकरण रहेको बताएका छन्।
प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसरमा झापाको विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको काम र नामको बारेमा जनगुनासो बढेको भन्दै यस्तो बताएका हुन् ।
सम्भव भए सहमतिमा नभए पनि कानुनी विधि र प्रक्रिया पूरा गरेर प्रदेशको नामाकरण गरिने कार्कीको भनाइ छ।
मुख्यमन्त्री कार्कीले प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा चौतारीका जिल्ला संस्थापक अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गरिएको छ ।
कार्यक्रममा अग्रज पत्रकार नकुलकाजी पाण्डे, गोविन्दचन्द्र छेत्री, माधव विद्रोही, केशव आचार्य र स्वर्गीय माया पकुवाललाई मरोणाप्रान्त सम्मान गरिएको छ।
कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापालीलगायातले शुभकामना व्यक्त गरे।