Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसले राजनीतिक संस्कार र इज्जत राखेन : ओली



विराटनगर : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजनीतिक संस्कार र इज्जत नराखेको ओलीले आरोप लगाएका छन् ।

बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले कांग्रेसले राष्ट्रपति मेरो हुनुपर्छ भन्नुको कुनै अर्थ नरहने बताए ।

ओलीले भने, ‘नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनाउने व्यक्ति नै सरकारको उम्मेदवार हो ।’

यस्तै अहिलेको गठबन्धन बाहिर आए जस्तो खटपट नभएको उनले बताए । ‘सरकारमन कुनै प्रकारको समस्या छैन्, सबै दलसँगको सहमति र छलफलमा अघि बढ्छौ,’ ओलीले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार