Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रविको विषयमा ओलीले भने – अदालतको पूर्णपाठ किन चाहियो, कण्ठ गर्ने हो र?



विराटनगर : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने बेलामा भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले नै गृहमन्त्री पाउने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले रास्वपालाई  उपप्रधानमन्त्री  तथा  गृहमन्त्री दिने सहमति भएको त्यहि अनुसार निर्णय हुनुपर्ने बताए ।

‘अब त्यो पार्टीले पाएको गृहमन्त्री कसलाई बनाउँछ भन्ने बिषय राष्ट्रिय स्वतन्त्र पार्टीले नै निर्णय गर्ने कुरा हो,’ ओलीले भने, ‘कसलाई गृहमन्त्री बनाउँछ भन्ने कुरा उसैले जानोस्, हामीले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको हो  ।’

सत्ता गठबन्धनमा समस्या नरहेको बताउँदै ओलीले छलफलको आधारमा अघि बढ्ने बताए । रवि लामिछानेलाई गृहमन्त्री नदिने भन्ने कुरा अदालतको पुर्णपाठसम्म पर्खिएको हो ? भन्ने प्रश्नमा ओलीले भने, ‘अदालतको पूर्णपाठ कण्ठ गर्ने हो र ? पूर्णपाठ किन चाहियो?’

नेपाली कांग्रेसले राजनीतिक संस्कार र इज्जत नराखेको ओलीले आरोप लगाएका छन् । कांग्रेसले राष्ट्रपति मेरो हुनुपर्छ भने पनि नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनाउने ब्यक्ति सरकारको उम्मेदवार हुने ओलीको भनाई छ।

ओली सीएनआई कोसी एक्स्पो २०२३ को उद्घाटन गर्न विराटनगर आएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार