Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘सीएनआई कोसी एक्स्पो २०२३’ आजबाट सुरु, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने



विराटनगर : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको ‘सीएनआई कोसी एक्स्पो २०२३’ को उद्घाटन गर्ने भएका छन् ।

ओलीले आज भव्य समारोहबीच एक्स्पोको उद्घाटन गर्ने बताइएको छ । तीन सय ७० वटा स्टल रहेको मेला १० दिनसम्म चल्ने छ ।

एक्स्पो सम्पूर्ण तयारी सकिएको र उद्घाटनलाई भव्यता प्रदान गर्न कुनैपनि कसर बाँकी नराखेको आयोजकले बताएको छ ।

सीआईएनका प्रदेश अध्यक्ष भीम घिमिरेका अनुसार दिउँसो १२ बजे उद्घाटन हुनेछ । विराटनगरको ट्राफिक चोकबाट सवै जातजातीको परम्परा र साँस्कृतिक पहिचान झल्किने पोषाकमा झाँकीसहितको ¥याली पनि निकालिने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार