तस्बिर : डा. शेखर कोइरालाको सचिवालयबाट
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने बताएका छन् । बुधबार सुनसरीको बराहक्षेत्र-४ स्थित जमकोटीमा कांग्रेसको वडा पार्टी कार्यालय शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपतिमा पार्टीका तर्फबाट कसलाई उम्मेदवारी बनाउने भन्ने विषयमा छलफल नभए पनि कांग्रेसले सर्वसम्मत बन्न नदिने उनले बताए । उनले भने, ‘ पार्टीबाट को उम्मेदवार बन्छ भन्ने गौण कुरा हो, तर कांग्रेसले उम्मदवारी दिन्छ ।’
यस्तै वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको उनले आरोप लगाएका छन् । सरकार गठनपछि जनतामा झनै निराशा बढेर गएको उनको भनाइ छ ।