काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय नगर्ने भएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।
उपाध्यक्ष कृष्णबहादुर महराले बैठकमा प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसालको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैंले राख्ने बताएको जानकारी दिए।
‘अदालतबाट फैसलाको पूर्णपाठ आउन बाँकी छ। पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे थप निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ’, उपाध्यक्ष महराले भने।