Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपेक्षित उष्णप्रदेशिय रोगको नियन्त्रणका लागि तीनै तहको सरकारवीच समन्वयमा जोड



विराटनगर : उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न तीनै तहका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने सरोकारवालाहरुले बताएका छ्न् ।

प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश २०७९ को अवसरमा विराटनगरमा सोमबार आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

विशेषगरी गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने कुष्ठरोग, लुतो, हात्तिपाइले, रेबिज, कालाजार , सर्पदंश, माटोबाट सर्ने जुका, फित्तेजुका, डेंगु र चिकनगुनिया र खस्रे रोग जस्ता १० वटा रोगहरु उपेक्षित रोगमा पर्ने गरेको बताइएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले रोग नियन्त्रण र निवारण गर्ने कुरामा तीन तहको सरकारले अपनत्व लिदै सबैको सहभागिता र सहकार्यमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।

यस्तै प्रदेश १ सरकारकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले १० वटा रोगहरु प्राथमिकतामा नपरे पनि यी रोगहरु गम्भीर किसिमको भएको बताए । स्वास्थ्य क्षेत्रको लागि संघमा बजेट भए पनि प्रदेश १ जहिले पनि ओझेलमा पर्ने गरेको उनको गुनासो छ ।

मन्त्री लिम्बुले रोगलाई रोकथाम र नियन्त्रण गर्न उपचार संगै जनचेतना आवश्यक रहेकोले स्थानीय भाषालाई प्राथमिकतामा राखनु पर्नेमा जोड दिए । यस्ता रोगहरुलाई नियन्त्रण र रोकथाम गर्न पर्याप्त बजेट नभेकोले चाहे अनुसार काम गर्न अफ्ट्यारो हुने गरेको उनले बताइन् । लिम्बूले अगामी दिनमा यस्ता रोगहरुको रोकथाम र नियन्त्रणको लागि आवश्यक बजेट र स्रोत साधनको ब्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।

प्रदेश १ स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. सुरेश मेहताले स्वास्थ्य मन्त्रालयको बजेट न्यून हुने भएकोले त्यही अनुसार काम गर्दा सुक्ष्म तहमा गर्नु पर्दा गाह्रो हुने गरेको बताए । उनले जुन क्षेत्रमा जुन रोग का संक्रमितहरु छन त्यसलाई मध्ये नजर गर्दै प्रभावित क्षेत्र औषधि सेवन संगै जनचेजना फैलाउने काम गर्ने गरेको बताए । सरकारले विभिन्न रोगहरुको लागि बजेट छुटयाए पनि उक्त बजेट पर्याप्त नभएको गुनासो गरे ।

प्रदेश १ नगरपालिका संघका प्रमुख तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उपेक्षित रोगलाई नियन्त्रण र निवारण गर्न तीनै तहका सरकारबिच एकीकृत सहकार्यको आवश्यकता रहेको बताए । स्वास्थ्य क्षेत्र जटिल र संवेदनशील क्षेत्र भएकोले यसलाई सुरक्षित राख्न सबैको सहकार्य रहेको उनले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले स्वास्थ्य क्षेत्रमा राज्य गम्भीर नभएको बताए । सरकारको प्राथमिकतामा शिक्षा र स्वास्थ्य नपरेको घिमिरेको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार