Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनेरास्ववियुको महासचिवमा भाष्कर खनालको दाबी



विराटनगर : लामो समयपछि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म हुँदैछ । महाधिवेशनको मिति नजिकिँदै गएको बेला विद्यार्थी नेतहरुले भने नेतृत्वका लागि दाबी गर्न सुरु गरेका छन् ।

यसैबिच महासचिवमा भाष्कर खनालको चर्चा सुरु भएको छ । उनी हाल अनेरास्ववियुका केन्द्रीय उपमहासचिव छन् । खनालसहित महासचिवमा हालका उपमहासचिवहरू नारायण घर्ती मगर, गोविन्द गिरी, नरेश रोकाय, सुदर्शन शिवाकोटीले पनि दाबी गरिरहेका छन् ।

उपमहासचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वभाविक भएको खनाल बताउँछन् । आफू निरन्तर विद्यार्थीका माझमा रहेर विद्यार्थीको हक हितका लागि काम गरिरहेको बताउँदै उनले भने, ‘म निरन्तर लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय छु । विद्यार्थीका समस्या नजिकबाट नियालेको छु । नेतृत्वमा पुग्ने मौका पाए शैक्षिक क्षेत्रको सुधारमा काम गर्नेछु ।’

त्यसो त उनी अनेरास्ववियुको पुनःगठन गर्न आवश्यक रहेका बताउँदै आएका नेता हुन् । नेतृत्व हस्तान्तरणसहितको पुनर्गठन गरेर अनेरास्ववियुका कार्यकर्ताहरुलाई नयाँ जिम्मेवारी दिँदै विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउने अभियानमा लाग्नुपर्ने उनको भनाई छ ।

अनेरास्ववियुको स्कुले कमिटीबाट राजनीति सुरु गरेका खनालले मोरङ जिल्लाको समेत नेतृत्व गरिसकेका छन् । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सचिव भइसकेका खनालले अनेरास्ववियुका विभिन्न कमिटीमा रहेर काम गरिसकेका छन् ।

अहिलेसम्म संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको उनी बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार