Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर हार्डवेयर संघले उधारो बिक्री बन्द गर्ने



प्रतीकात्मक तस्वीर

विराटनगर : विराटनगर हार्डवेयर संघले उधारो बिक्री बन्द गर्ने भएको छ । संघका सचिव देवीप्रसाद पोखरेलले एक विज्ञप्ती जारी गर्दै उधारो बन्द गर्ने सूचना जारी गरेका हुन् ।

अग्रिम भुक्तानीमा सामान दिने जानकारी गराएपनि बैंकहरुको ताकेता खेप्न नसकेर हालसम्म २५ भन्दा बढी हार्डवेयर पसल बन्द भइसकेको र अरु पनि बन्द हुने अवस्थामा पुगेको सूचनामा उल्लेख छ ।

‘बैंकको चर्को ब्याजदर गर्न नसकेर तथा उधारो बिक्री गरेपछि भुक्तानी नपाउँदा व्यवसायीहरुले आत्मदाहको बाटो रोज्नु परेको जानकारी हुँदा हुँदै पनि कतिपय व्यवसायीले अस्वस्थ प्रतिस्पर्धामा उधारो बिक्री वितरण गरेको र संघमा त्यस्ता उजुरी आएकाले सूचना जारी गरिएको छ’ सूचनामा उल्लेख छ ।

उधारो बिक्री वितरण पूर्णरुपले बन्द गरी अनावश्यक झमेलाबाट बच्न संघले जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार