Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट दुई जनाको उद्धार



विराटनगर : साना हातहरु नेपाल नामक संस्थाले विराटनगरको रानी क्षेत्रबाट दुई जनाको उद्धार गरेको छ । संस्थाले सीमा क्षेत्रबाट भापाकी २७ वर्षीया महिला र १४ वर्षीया बालिकालाई उद्धार गरेको हो।

उनीहरु कामको शिलशिलामा गत माघ १२ गते झापाबाट विराटनगर आएका थिए । विराटनगरको एक होटलमा उनीहरुको भारतको सुपौलका ४० वर्षीय बाबु साहव र अररियाका मोहम्वत जागिरसँग भेट भएको थियो।

काम लगाइदिने प्रलोभन पारेर ती महिलालाई साहव र जागिरले होटेलमा राखेर बलात्कार गरेको पीडितले बताएका छन्। साना हातहरु नेपाल विराटनगरका प्रमुख विवश श्रेष्ठका अनुसार माघ १३ गते विहान दुवै जनालाई भारत लैजान खोज्दा सीमा क्षेत्रबाट उद्धार गरिएको हो ।

भारत लैजान खोज्ने साहव र जागिरविरुद्ध मानव वेचविखन तथा ओसारपसार र जवरजस्ती करणीमा मुद्धा दर्ता गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार