विराटनगर : रवि लामिछानेले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौं पुगेर प्रक्रिया अनुसार लामिछानेले नागरिकता लिएका हुन्।
आइतबार बिहान सुरक्षाकर्मीसहित लामिछाने नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
लामिछानेले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता लिने प्रक्रियामा नगएर पुरानै नगरिकता प्रयोगमा ल्याएर झुटा विवरण दर्ता गरी पार्टी खोलेको र निर्वाचनमा सहभागी भएको भन्दै सर्वोच्चले शुक्रबार पुनM नागरिकता लिन आदेश दिँदै सांसद पद खारेज गरिदिएको थियो।
रविले यसअघि वि.सं.२०५० सालमा पहिलाे पटक जिल्ला प्रशासन कार्यालय काठमाडाैँबाट नागरिकता लिएका थिए। तथापि, उनी अमेरिका गएर उतैकाे नागरिकता लिएपछि नेपाली नागरिकता स्वत निष्कृय भएकाे थियाे।
रविले वि.सं. २०७० साल अमेरिकी नागरिकता प्राप्त गरेका थिए। त्यसकाे पाँच वर्षपछि ०७५ सालमा साे नेपाल आएर अमेरिकी नागरिकता त्याग गरे पनि त्यसकाे निस्सा जिल्ला प्रशानसन दिएका थिएनन्। र, पुरानै नागरिकता प्रयाेग गरेका थिए, जुन नेपाली कानुनविपरीत हाे।