Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लागुऔषधसहित विराटनगरबाट दुईजना पक्राउ



विराटनगर : नियन्त्रित लागुऔषध डाईलक्ससहित प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ । शनिबार साँझ लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर वडा नम्बर १५ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका १५ का ४२ वर्षीय मणी राई र खोटाङको तुवाचुङ गाउँपालिका ७ का ४७ वर्षीय सुचिन राई रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २० बोतल लागुऔषध डाईलक्स (डि.सी.) नियन्त्रणमा लिएको छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार