विराटनगर : नायिका एलिजा गौतम रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । गौतमलाई शनिबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।
उनलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने शर्तमा पार्टीमा ल्याइएको बताइएको छ । प्राइम टाइम्स टेलिभिजनको निर्देशकसमेत रहेकी गौतम नेपालका चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।