Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

फागुन ११ देखि ‘केपी ओली कप २०७९’ हुने



विराटनगर : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘केपी ओपी कप २०७९’ खुला राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । युवा संघले पार्टी अध्यक्ष केपी ओलीको नाममा फागुन ११ देखि १७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको जानकारी दिएको छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुमति दिइसकेको छ ।

आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ।

प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने छन् । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार