Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ २३ गते



विराटनगर : प्रदेश १ को प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक आगामी माघ २३ गते हुने भएको छ । प्रदेश १ का सभामुख बाबुराम गौतमले माघ २३ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।

प्रदेशसभाको अन्तिम बैठक गत पुस ३० गते भएको उपसभामुख निर्वाचनपछि बस्न सकेको छैन् ।

प्रदेशसभामा बिजनेस अभाव भएका कारण बैठक बस्न नसकेको हो । संसद चलाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चासो नदिँदा पनि लामो समय बैठक स्थगित भएको प्रदेश संसदहरूको गुनासो छ ।

प्रदेशसभाका सचिव गोपाल पराजुलीले पनि केही दिनपछि संसद् सञ्चालन गर्ने बारे सूचना जारी हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार