Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जोगबनी नाकामा कडाइ, एक सयको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने



फाइल तस्बिर : जोगवनी

विराटनगर : पछिल्लो समय नेपाल–भारत सीमानाका जोगबनीबाट अत्याधिक भन्सार चुहावट हुन थालेपछि कडाइ गर्न सुरु गरिएको छ । भन्सार नतिरी जोगबनीबाट सामाग्रीहरु ल्याउनेको मात्रा बढेपछि भन्सार कार्यालयले कडाइ गर्न थालेको हो ।

भारतीय बजारबाट रिक्सा, मोटरसाइकल तथा साइकलमा भन्सार छलेर सामाग्रीहरु ल्याउने क्रम बढीरहेको र त्यसलाई रोक्न भन्सार कार्यालयले काम थालेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले जानकारी दिए । उनका अनुसार एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा १३ प्रतिशत भन्सार तिर्नुपर्ने व्यवस्था गरेको छ ।

कार्यालयले एक सयभन्दा कमको सामान ल्याउन भने छुट दिएको छ । नेपाली बजार छाडेर दैनिक हजारौँ संख्यामा जोगबनी जाँदा नेपाली बजार प्रभावित हुने गरेको र त्यसलाई न्यूनिकरण गर्न अनिवार्य भन्सार लगाइएको उनले बताए ।

चोरी, तस्करी र भन्सार चुहावट हुने क्षेत्रमा सुधार गरि राजश्व वृद्धि गर्ने द्देश्यले औपचारिक तथा अनौपचारिक दुवै तर्फबाट हुने चुहावट नियन्त्रण गर्ने तर्फ भन्सार कायर्मलयले अग्रसर रहेको ढुंगानाले बताए ।

भन्सार नियमावली अनुसार एक सय रुपैयाँभन्दा बढी सामानको अनिवार्य राजस्व तिर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार