विराटनगर : हिजोआज साँझपखमा विराटनगरको एयरपोर्ट रोडमा फोटो, भिडियो खिच्न आउनेको भीड लाग्न थालेको छ । विराटनगर महानगरपालिकाले पर्यटन प्रर्वद्धनको उद्देश्यले सुरु गरेको एअरपोर्ट रोड ब्युटिफिकेशनको कार्य सम्पन्न भएपछि फोटो खिच्नेको भीड लाग्न थालेको हो ।
फलामको पाइप टनेल जडान गरी लाईटिङको व्यवस्था गरेपछि साँझपख पारिवारिक रुपमा घुम्न र रमाउन आउनेहरुको भीड लाग्न थालेको छ ।
यस सडकमा फोटो खिच्नदेखि टिकटक बनाउनका लागि सर्वसाधारण मात्र होइन स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेता र कलाकारहरू पनि आउने गरेका छन् ।
सडकपेटीमा २ २ फिटको अन्तरमा गरिएको वृक्षरोपण, ५ फिट पदमार्ग र ३ फिट स्ट्रीट फुड सञ्चालनको लागि छुट्याइएको स्थानले एयरपोर्ट रोडलाई व्यवस्थित र सुन्दर बनाएको छ।
कोसी राजमार्गबाट पश्चिमपट्टिर्फ करिब ५ सय मिटरको लाईटिङ सडक साँच्चिकै सुन्दर छ ।

तस्बीरहरु : प्रवेश बिष्ट/पूर्वेलीप्रेस