Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को मुख्य न्यायधिवक्तामा आचार्य नियुक्त



विराटनगर : प्रदेश १ को मुख्य न्यायाधिवक्तामा एमाले निकट कानून व्यवसायी बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङले आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सरकारको कानुनी सल्लाहकारका रुपमा मुख्य न्यायाधीवक्ताले काम गर्नुपर्छ । मुख्य न्यायाधिवक्तामा नियुक्त भएका आचार्य नेपाल बुद्धिजीवी परिषद् झापाका अध्यक्ष पनि छन् ।

आचार्य २०७१ सालमा नेपाल बार एसोसिएसन झापाका अध्यक्ष भएका थिए । राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका आचार्यले २०७४ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए ।

नवनियुक्त मुख्य न्यायधिवक्तामा आचार्यको आजै शपथग्रहण हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार