Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा झुण्डिएको अवस्थामा प्रेमीप्रेमिका मृत फेला



विराटनगर : झापामा एक चिया बगानमा झुण्डिएको अवस्थामा प्रेमीप्रेमिका मृत फेला परेका छन् । मंगलबार बिहान कचनकवल गाउँपालिका ४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ ।

कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

चिया बगानभित्रको एउटा रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

तीन महिना अघि भागेर बिहे गरेका उनीहरुलारुई परिवारले अस्विकार गरेपछि आत्महत्या गरेको बताइएको छ । उनीहरुको बिवाहलाई केटा पक्षले स्विकारे पनि केटीका बुबाले राजेशविरुद्ध मुद्धा हालेका थिए ।

केटी पक्षले लगातार दबाब दिइरहेका कारण दुवै जना आत्महत्या गर्ने अवस्थामा पुगेको मृतक राजेशका काका रघुनन्दन राजवंशीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार