Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

प्रदेश १ का उर्जामन्त्री मेन्याङ्बोद्वारा पदभार ग्रहण, विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्ने



विराटनगर : प्रदेश नम्बर १ का खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले पदभार ग्रहण गरेका छन् । मन्त्री बनेको दुई सातापछि उनले पदभार ग्रहण गरेका हुन् ।

मेन्याङ्बो गत पुस २५ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए । तर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत माघ ६ गतेमात्र उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

ताप्लेजुङको प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला सहइन्चार्ज हुन् । २०५६ सालमा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पदभार ग्रहण गरेसँग उनले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न लागि परेका छन् । मन्त्री मेन्याङ्बोले विद्युतीय चार्जिङ्ग स्टेसन निर्माणका लागि १ करोड बजेटसमेत बिनियोजन गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार