Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ का सामाजिक विकासमन्त्री राजभण्डारीद्वारा पदभार ग्रहण



विराटनगर : प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले पदभार ग्रहण गरेका छन् । उनले सोमबार मन्त्रालयको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

मन्त्री राजभण्डारी सोलुखुम्बुको प्रदेशसभा क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी प्रदेशसभाको अघिल्लो कार्यकालमा एमाले संसदीय दलका प्रमुख सचेतक थिए ।

मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री राजभण्डारीले मातहतका कर्मचारीलाई उत्साहित भएर जनताको अपेक्षा अनुसार कार्य गर्न निर्देशनसमेत दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार