Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट अवैध रुपमा भन्सार छली गरेर ल्याएको कागती बरामद



विराटनगर : अवैध रुपमा भन्सार छली गरेर ल्याएको कागती मोरङ प्रहरीले विराटनगरबाट बरामद गरेको छ । सोमबार विराटनगर–११ स्थित नयाँ गुद्रीबाट प्रहरीले अवैध रूपमा ल्याइएको २६ बोरा कागती बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा कृष्ण शाहको गोदाममा छापा मार्दा ठूलो परिणाममा कागती बरामद गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । शाह भने फरार छन् ।

प्रहरीले बरामद गरेको कागती विराटनगर भन्सार कार्यालयमा बुझाएको श्रेष्ठले बताए । उनका अनुसार फरार रहेका शाहको खोजी कार्य भइरहेको छ ।

बरामद भएको उक्त कागती करिब ६५ हजार मुल्य बराबरको रहेको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार