Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश सरकारको आगामी कार्यकाल प्रभावकारी बन्छ : मुख्यमन्त्री कार्की



विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको आगामी कार्यकाल प्रभावकारी बन्ने बताएका छन् । सोमबार विराटनगरमा प्रदेश लोकसेवा आयोगको तेस्रो वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारको अबको समय चुनैतीपूर्ण रहेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको संरचना जनताले महसुस गर्ने गरी नेपालको संघीयता कार्यान्वयन गर्दै जानुपर्ने बताए । लोकसेवा आयोगको कानुन बनउँदा विभिन्न प्रश्न उठे पनि सबैसँगको छलफलमा ऐन निर्माण भएको बताए ।

प्रदेश संरचना जनताले महसुस गर्न पाउने गरी काम गर्ने बताउँदै उनले भने, ‘प्रदेशप्रति सौतेली व्यवहार र आग्रह पूर्वाग्रही सोच राखे पनि प्रभावकारी काम गर्छौँ ।’

प्रदेशलाई थप व्यवस्थित गर्न चुनौती रहेको उनको भनाई छ । प्रदेश सरकारको स्थायित्व कायम गर्न जनता, संघीय सरकार र स्थानीय तहले प्रदेशलाई सहयोग गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार