Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ः कांग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई चयन



विराटनगर : नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभामा भूपेन्द्र राईलाई प्रमुख सचेतक चयन गरेको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम राईलाई प्रमुख सचेतक नियुक्त गरेको हो ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम सचेतक चयन गरेको थापाले बताए ।

राई खोटाङ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेस प्रदेश १ का महामन्त्रीसमेत रहेका उनी चुइचुम्मा गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार