Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा माघ १० गतेदेखि हिसान स्पोर्टस मिट हुने



विराटनगर : विराटनगरमा ११ औं संस्करणको हिसान स्पोर्टस मिट हुने भएको छ । आगामी माघ १० गतेदेखि १६ गतेसम्म विराटनगरस्थित सहिद रंगशालामा स्पोर्टस मिट हुने भएको हो ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउने बताएको छ । एक सातासम्म आयोजना हुने हिसान स्पोर्टस मिटमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबल टेनिस खेलाइने छ । यस्तै एथलेटिक्सतर्फका खेलहरु पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

हिसान मोरङका अध्यक्ष अमित ढकालका अनुसार प्रतियोगितामा मोरङका ३५ वटा कलेजहरुले सहभागीता जनाउने छन् । फुटबलमा २२ र भलिबलमा १९ वटा टिमले सहभागीता जनाउने छन् ।

माघ १६ गते समापन हुने कार्यक्रमको अनुमानित खर्च २५ लाख रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार