Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्वास्थ्य बिमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गर्छौ : स्वास्थ्य मन्त्री गिरी



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बिमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताउनु भएको छ ।

शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बिमा कार्यक्रममा जिल्लाहरूमा समस्याको रुपमा रहेको बताउनुभयो । बिमा कार्यक्रम संचालन गरेका अस्पतालहरुले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बिमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताए ।

बिमा कार्यक्रम संचालनमा आइपरेका समस्याहरुको बारेमा जानकारी लिन आफुले सम्बन्धित निकायसंग छलफल गरि सकेको भन्दै समस्या समाधानको पहल छिट्टै गरिने गिरीको भनाई छ ।

गरिब जनताले स्वास्थ्य बिमा कार्यक्रम मार्फत धेरै सुबिधा लिनसक्ने भएपनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाई छ ।

रोटरी क्लबले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्दै मन्त्री गिरीले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार