काठमाडौं : नेपाल कम्यनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् ।
भेटवार्तामा एमाले अध्यक्ष ओलीले जसपाका अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै उनले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिए ।
उनीहरूबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । सरकारमा भागवण्डाकाे विषयलाई लिएर जसपा सत्ता गठबन्धनसँग असन्तुष्ट छ ।