Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी इन्दिरा राना निर्वाचित



काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना निर्वाचित भएकी छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उनलाई मतदान गर्ने पक्षमा १६६ मत खसेको थियो भने विपक्षमा ९७ मत खसेको थियो। मतदानमा २६३ सय सांसदले भाग लिएका थिए। मतदानमा एक जना अनुपस्थित भएका थिए।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन छन्।

रास्वपाकी रानालाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार