Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रपतिबारे समझदारीको कोसिस जारी रहन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताएका छन्।

बिहीबार सभामुख निर्वाचनपछि सञ्चारकर्मीसंत संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘प्रमुख प्रतिपक्षले पनि (उम्मेदवार) उठायो, बहुमतद्वारा घोषणा भयो। भोलि उपसभामुखको मनोनयन हुन्छ, पर्सि निर्वाचन यही प्रक्रियामा हुन्छ।’

राष्ट्रपतिमा चाहिँ के हुन्छ नि भन्ने प्रश्नमा उनले भने, राष्ट्रपतिको कुरा अझै समय बाँकी छ। हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ। हामी त्यो कोसिस जारी राख्छौं।’

प्रतिक्रिया
सम्बन्धित समाचार