विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित भएका छन्।
पार्टीको संसदीय दलको विधेयक बमोजिम राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
जुम्लाबाट निर्वाचित शाही राप्रपाका प्रवक्ता समेत हुन् । उनले माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराएका थिए ।