विराटनगर : सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा प्रहरी र स्थानीयबिच झडप हुँदा ६ जना घाइते भएका छन् । महोत्सवको प्रमुख आकर्षक भारतीय भोजपुरी कलाकार खेसरीलाल यादव रहेका थिए ।
कार्यक्रमको टिकट महंगो भएको भन्दै केही व्यक्तीले विरोध गरेपछि झडप भएको प्रहरीले बताएको छ । झडपमा परी केही प्रहरी र कार्यक्रम स्थलमा पुगेका स्थानीय सामान्य घाइते भएका छन् ।
अघिल्लो वर्षको बर्जु महोत्सवमा स्थानीय प्रशासनले खेसरीलाललाई कार्यक्रममा जान नदिएपछि आक्रोशित भिडले तोडफोड र आगजनी गरेको थियो । तोडफोड र आगजनीबाट करोडौंको क्षति भएको थियोे ।
करिब २५ हजार सहभागी उक्त महोत्सवमा टिकटको विषयमा सामान्य विवाद हुँदा भीडलाई नियन्त्रण गर्ने क्रममा उनीहरु सामान्य घाइते भएका सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए । उनका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको छ ।