Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्रीलाई नैतिक संकट पारेर राष्ट्रपति लिने काङ्ग्रेसको दाउ : विष्णु रिमाल



काठमाडौं : एमालेका उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन् ।

सभामुख/उपसभामुख र राष्ट्रपति/उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लबिङमा कांग्रेस नेताहरू सक्रिय भइरहेको भन्दै उनले राजनीति गिजोल्ने विधिबाट कांग्रेस अघि बढिरहेको आरोप लगाए । न्युज एजेन्सी नेपालसँगकाे कुराकानीका क्रममा उपमहासचिव रिमालले सत्तारूढ दलको तर्फबाट सभामुखमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैँले कांग्रेससहितका दलहरूसँग पनि मत माग्नुपर्ने बताए ।

कांग्रेसले राष्ट्रपति, सभामुखलगायतका पद सहमतिमा हुनुपर्ने कुरा गरेर नयाँ सत्तासमीकरणमा भाँजो हाल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । कांग्रेस राष्ट्रपतिको निर्वाचनमा पनि कर्मचारीतन्त्र र राज्यका अन्य निकायलाई द्विविधामा पारिदिने ढंगले अघि बढिरहेको उनको आरोप छ ।

‘नेपाली कांग्रेसले पक्षमा मत हाल्दाखेरि उसको अदृश्य स्वार्थ छ भन्ने अन्दाज हुन्थ्यो । प्रतिनिधिसभामा हाम्रो पार्टीको अध्यक्षले सम्बोधन गर्दा भन्नुभएको छ– निःसर्त र निःस्वार्थ भावले गरेको हो भने स्वागतयोग्य हो, तर कुनै जालझेल गर्न खोजिएको भए त्योचाहिँ पूरा हुनेवाला छैन । राजनीतिलाई गिजोल्ने विधिबाट नेपाली कांग्रेस जुन ढंगले अहिले अगाडि बढ्न खोजेको देखिन्छ, योचाहिँ दुर्भाग्यपूर्ण हो जस्तो लाग्छ,’ उपमहासचिव रिमालले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार