Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अभिषेक गिरीलाई विराटनगर कारागारबाट मकवानपुर स्थानान्तरण गरिने



विराटनगर : अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका अभिषेक गिरीलाई मकवानपुरस्थित भीमफेदी कारागारमा स्थानान्तरण गरिने भएको छ । गिरी विराटनगरस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

गृह मन्त्रालयको उनलाई भीमफेदी कारागारमा स्थानान्तरण गर्ने गरी पत्राचार भएको बताइएको छ।

स्रोतका अनुसार गिरीको सरुवाका लागि तयारी गर्न कारागारलाई निर्देशनसमेत दिइएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार गिरीलाई मोरङ कारागारबाट भीमफेदी सरुवा गर्न पत्राचार भएको जानकारी दिए। यसक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी र कारागारका जेलरले समन्वय गर्दै गिरीलाई स्थानान्तरणका लागि वातावरण तयार पार्नुपर्ने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार