विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । कार्कीले शुक्रबार विश्वासको मत पाएका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा कार्कीको पक्षमा ५९ र विपक्षमा ३२ मत खसेको छ । मुख्यमन्त्री कार्कीले नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विस्वासको मत प्राप्त गरेका हुन् ।
६० जना प्रदेशसभा सदस्यमो समर्थनमा मुख्यमन्त्री नियुक्त भए पनि माओवादीका बाबुराम गौतम सभामुख चयन भएपछि उनको पक्षमा ५९ मत आएको हो ।
कार्कीको विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादीका संसदले मतदान गरेका हुन् । प्रदेशसभामा कांग्रेसका २९ र नेकपा एसका ४ संसद गरी ३३ जना प्रतिपक्षमा छन् । तर, आजको प्रदेशसभामा कांग्रेसका संसद प्रदीपकुमा सुनुवारे अनुपस्थित रहेका थिए ।
गत पुस २४ गते संविधानको धारा १६८ को उपधारा ९(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएर सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।