Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा कांग्रेसले विश्वासको मत नदिने, दलका नेता भन्छन् : प्रतिपक्षमै बस्छौँ



कांग्रेस कोशी प्रदेशका संंसदीय दलका नेता उद्धव थापा

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहालाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रदेश १ को मुख्यमन्त्रीमा भने विश्वसाको मत नदिने भएको छ । प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

केन्द्रमा विश्वासको मत दिए पनि प्रदेश कन्द्रको अनुसार नचल्ने उनले बताए । प्रदेशमा नेकपा माओवादी केन्द्रको सरकार हुँदा आफूहरु समर्थन गर्न तयार रहेको उनको भनाई छ । ‘केन्द्रमा त फेरी पुरानो गठबन्धन पुर्नजीवित हुन्छ कि भनेर दिएका हौँ,’ उनले भने ‘प्रदेशमा त एमालेको सरकार छ, हाम्रो गठबन्धनभन्दा बाहिरको सरकार भएका कारण हामी विश्वासको मत दिने अवस्थामा छैनौँ ।’

प्रदेशमा पुरानो गठबन्धनलाई ब्युत्याउँने छलफल चलिरहेको उनले बताए । उनले भने, ‘प्रदेशमा हिजो हाम्रो गठबन्धनका जुन अवस्थामा थियो त्यही अवस्थामा फर्काउन नेकपा माओवादी, एकीकृत समाजवादी, नेपाली कांग्रेसबीच हामीले पनि छलफल चलाइरहेका छौँ ।’

प्रदशेमा कांग्रेसले प्रतिपक्षकै रुपमा काम गर्ने थापाले बताए । प्रतिपक्ष भए पनि सरकारले ल्याएका सही कामलाई आफूहरु सधैँ समर्थन गर्न तयार रहेके उनले बताए ।

प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते (शुक्रबार) विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार