Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङका चार क्रसर उद्योग बन्द गर्न सिफारिस



विराटनगर : मोरङमा सन्चालित चारवटा क्रसर उद्योग बन्द गर्न गृहमन्त्रालयमा सिफारिस भएको छ । मापदण्ड विपरीतका क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न गृहमन्त्रालयले निर्देशन दिएपछि चारवटा क्रसर उद्योगलाई कारबाही गर्न गृहमन्त्रालयमा सिफारिस गरिएको हो ।

मंगलबार दिउँसो मोरङको बेलबारी नगरपालीका र सुन्दरहरैंचा नगरपालीका क्षेत्रमा रहेका क्रसर उद्योगहरूमा अनुगमनपछि चारवटा क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न सिफारिस गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला समन्वय समिति, स्थानीय सरकारका प्रतिनिधि प्रहरी प्रशासन लगायतको संयुक्त टोलीले मोरङमा सञ्चालित आठओटा क्रसर उद्योगहरुको अनुगमन गरेको थियो ।

मानव बस्ती र विद्यालय आसपासका क्षेत्रमा क्रसर उद्योग सञ्चालन गरेको भन्दै टोलीले सुन्दरहरैंचाको पशुपति स्टोन क्रसिङ उद्योग, जय तिरूपति क्रसर उद्योग, पूर्वाञ्चल क्रसर उद्योगलाइ बन्द गर्न मन्त्रालय समक्ष सिफारिस गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार