विराटनगर : नेकपा एमालेका नेता लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
गिरीले आजै ५८ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका चाररचार, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका तीन तीन र दुई स्वतन्त्र संसदले उनलाई समर्थन गरेका हुन् ।
योसँगै एमाले संसदीय दलका नेतासमेत रहेका गिरी लुम्बिनीको चौथो मुख्यमन्त्री बनेका छन् । यसअघि शंकर पोखरेल दुईपटक र कुलप्रसाद केसी एकपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।