विराटनगर : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव नियुत्त भएका छन् । उनलाई बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुत्त गरेका हुन् ।
जसपा संसदीय दलका नेता यादवले नेकपा एमाले, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा, नागरिक उम्मुक्ति पार्टी र स्वतन्त्र संसद सुरिता साह र अनुरुध सिंहले समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका ८ र ३ जना स्वतन्त्र गरी ६३ संसदको समर्थन छ ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ जनाको समर्थन चाहिन्छ । मधेस प्रदेशका प्रदेश प्रमुख मिश्रले बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न समय दिएका थिए । तर, सत्ता साझेदार दलहरुले निर्धारित समय अगावै सहमति गरेर दावी पेश गरेका हुन् ।
प्रदेशसभाको अघिल्लो कार्यकालमा सभामुख रहेका यादव बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् । मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।