Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एकीकृत समाजवादी संसदीय दलको नेतामा राई, सरकारलाई तत्काल समर्थन नगर्ने



विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्रकुमार राई चयन भएका छन् । भोजपुरको प्रदेश (१) बाट निर्वाचित प्रदेशसभा सदस्य राई प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्रीसमेत हुन् ।

यस्तै मंगलबार विहान बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा विद्या चाम्लिङ राईलाई चयन गरेको छ । प्रदेश १ मा नेकपा एसका ४ संसद छन् ।

नेकपा एसले प्रदेश १ मा सरकारको काम हेरेर मात्रै समर्थन गर्ने निर्णय गरेको छ । प्रदेशमा सोमबार नेकपा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको कार्यभार सम्हालेका छन् ।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पुनः बैठक बसेर निर्णय गर्ने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रमका आधारमा सरकारको समर्थन वा विरोध गर्ने नीति लिने नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ का अध्यक्ष बलदेव चौधरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार