Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ मा चार सदस्यीय मन्त्रीमण्डल विस्तार



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् ।

सत्ता साझदेर दल नेकपा माओवादी केन्द्रले तत्काल सरकारमा सहभागी नहुने बताएपछि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाबाट एक/एक जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बू मन्त्रीमा नियुक्त भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा (१) बाट र सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । लिम्बू भने जसपाकी समानुपातिक संसद हुन् ।

उनीहरू बिनाविभागीय मन्त्रीमा नियुक्त भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार