विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका हुन् ।
नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ उपधारा २ अनुसार आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कार्कीसँगै तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।
एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुले शपथ ग्रहण गरेका हुन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।